विद्युतको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मजदुरकाे मृत्यु

श्रावण २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युतको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर मजदुरकाे मृत्यु

बाजुरा । विद्युतकाे लाइन विस्तारका क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडीमालिका नगरपालिका-७ जिल्लीका ३३ वर्षीय मनबहादुर विष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिं कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार विद्युतकाे लाइन विस्तारका क्रममा बडीमालिका-६ जडाङ्गामा विष्टलाई करेन्ट लागेकाे हो ।

जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको  छ ।

मृतक विष्ट भानुभक्त जाेशी ठेकेदारकाे कम्पनीमा ज्यालादारीमा काम गर्दै आएकाे प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement