गोरखाको चुमनुब्रीमा सुत्केरी व्यथाले थलिएकी महिलाको हेलिकोप्टरबाट उद्धार

श्रावण २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोरखाको चुमनुब्रीमा सुत्केरी व्यथाले थलिएकी महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा । गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

चुमनुब्री गाउँपालिका–३ सल्लेरीकी ४० वर्षीया सुनमाया गुरुङलाई आज बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको प्रसूति गृहमा पठाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो । 

गत साउन २३ देखि नै सुत्करी व्यथाले थलिएकी गुरुङलाई हिजो मात्र आफन्तले बोकेर गाउँपालिकाको केन्द्र फिलिम स्वास्थ्यचौकी ल्याएका थिए । सडक सञ्जाल नजोडिएको चुमनुब्री गाउँपालिकामा सिकिस्त बिरामी तथा सुत्करीहरुले उपचारका लागि यसरी नै हेलिकोप्टर पर्खनुपर्ने वाध्यता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement