विश्व आदिबासी दिवसमा सुनसरीका उराव समुदायलाई बाँडियो 'मानर डिगा' बाजा

श्रावण २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व आदिबासी दिवसमा सुनसरीका उराव समुदायलाई बाँडियो 'मानर डिगा' बाजा

सुनसरी । ३०औं विश्व आदिवासी दिवसको अवसरमा सुनसरीमा अल्पसंख्यक उराव समुदायलाई उनीहरुले बजाउने 'मानर डिगा' बाजा वितरण गरिएको छ । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले दुई दर्जन टोलीलाई उराउहरुको सांस्कृतिक बाजा मानर डिगा वितरण गरेको हो । 

आदिबासीहरुको सांस्कृतिक पहिचान तथा त्यसको संरक्षण र प्रवर्धनको उद्देश्यसहित उराव समुदायलाई बाजा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद मियाले जानकारी दिनुभयो । 

तराईको भूमि खेतीयोग्य बनाउन जंगल फडानी गरेर बसोबास गर्दै आएको आदिबासी जातिमध्ये पर्छ अल्पसंख्यक उराव समुदाय । शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा पिछडिएको उराउ जाति सुनसरीमा ४० हजारको हाराहारीमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement