विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइँदै

श्रावण २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । विश्व आदिवासी दिवश आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।

आदिवासी जनजाति आयोग, नेपाल आदिवासी जनजाति महासंघ लगायतले छुट्टाछुट्टै कार्यक्रम गरी राजधानी लगायत विभिन्न स्थानमा सांस्कृतिक झाँकीसहित ३०औं विश्व आदिवासी दिवस मनाइरहेका छन् । आदिवासी जनजाति आयोगले आज राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सरकारका मन्त्रीहरुले मुलुकमा समभाव, सद्भाव र जातीय एकता नै विकास र समृद्धिको आधार भएको बताए ।

नेपाल आदिवासी जनजाति महासंघले समेत विविध झाँकी तथा र्‍यालीसहित राजधानी काठमाडौंमा कार्यक्रम गरेको छ । संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेयता प्रत्येक वर्ष यो दिवश मनाइन्छ । यसवर्ष स्वैच्छिक अलगावमा रही प्रारम्भिक सम्पर्कमा रहेका आदिवासी जनजातिको अधिकार संरक्षण भन्ने नारासहित विश्वभर यो दिवश मनाइँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement