रेमिट्यान्सले फेरिएको जीवन : घर निर्माण, जग्गा खरिद र शिक्षामा लगानी

श्रावण १६, २०८१ |कमल पन्थी|रेजिना मल्ल
रेमिट्यान्सले फेरिएको जीवन : घर निर्माण, जग्गा खरिद र शिक्षामा लगानी

काठमाडौं । वैदेशिक रोजगारीले बर्दियाका अधिकांश परिवारको जीवनस्तरमा परिवर्तन आएको छ । धेरैजसो परिवारले घर निर्माण, जग्गा खरिद र आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन् । वैदेशिक रोजगारीले विगतमा पाएको दुःख कष्ट मात्र मेटेको छैन रेमिट्यान्ससँगै आर्थिक स्थिति समेत मजबुत बनाएको छ ।

बर्दिया गुलरिया नगरपालिका-५, मिलनटोलकी पार्वती चौधरीका श्रीमान् पाँच वर्षदेखि कतारमा काम गरिरहनुभएको छ । पार्वतीका श्रीमान् विदेश जानुअसिम्म घरको आर्थिक अवस्था धेरै कमजोर थियो । तर, पछिल्लो पाँच वर्षदेखि घरमा भित्रिइरहेको रेमिट्यान्सले यो घरको जीवनस्तरमा आमूल परिवर्तन आएको छ । दुई छोरीमध्ये एकजना हेल्थ असिस्टेन्ट र अर्कीले निजी विद्यालयमा ७ कक्षामा पढिरहेकी छन् । उहाँले गुलरीया-५ मा एक कठ्ठा र मधुवन नगरपालिका-४ मा आठ कठ्ठा खेत खरिद गर्नुभएको छ ।

श्रीमानले विदेशमा काम गरी पठाएकै रकमले पार्वतीले रकमसदरमुकाम गुलरियामा घर बनाउनुभएको हो । वर्षमा एकपटक बिदा लिएर उहाँका श्रीमान् घर आउने गर्नुहुन्छ ।

त्यस्तै, गुलरिया नगरपालिका-६ का सहदेव याददवी छोरी ४ वर्षदेखि पोर्चुगलमा काम हुनुहुन्छ । पहिले सहदेव गुलरियास्थित एउटा पेट्रोलपम्पमा काम गर्नुहुन्थ्यो । 

अहिले भने गुलरिया नगरपालिकाको ट्रयाक्टर चलाउनुहुन्छ । छोरीले पठाएको रेमिट्यान्सले यादव दम्पतीले पक्की घर बनाउनुभएको छ भने छोरालाई काठमाडौंमा पढाइरहनुभएको छ ।

चौधरी र यादव जस्तै बर्दियाका धेरै नागरिकको घरमा मासिक रुपमा भित्रिने रेमिट्यान्सले आर्थिकस्तरमा ठूलो परिवर्तन ल्याएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।

Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement