कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बुधबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले साेमबार विज्ञप्ति जारी गरी कार्यसम्पादन समितिको बैठक बुधबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा सहभागी हुनका लागि कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.