उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर र राप्रपाबाट लामाकाे उम्मेदवारी

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुर र राप्रपाबाट लामाकाे उम्मेदवारी

काठमाडाै‌‌ । प्रतिनिधिसभाको उपसभामुखमा २ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बन्नुभएको हो । ठाकुरको प्रस्तावकमा आरेन राई र समर्थकमा रास्वपाका अशोककुमार चौधरी र अम्बिका संग्रौला रहनुभएको छ । संसदीय अंकगणित अनुसार रास्वपाको समर्थनप्राप्त उम्मेदवार नै उपसभामुख निर्वाचित हुने निश्चित छ ।

यसैगरी राप्रपाको तर्फबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा ज्ञाबहादुर शाही र समर्थकमा खुश्बु ओली र भरत गिरी र ताहिर अली हुनुहुन्छ । यता प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले पनि ठाकुरलाई समर्थन गरेको छ । सभामुखमा यसअघि नै रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसक्नुभएको छ । 

सभामुख र उपसभामुख फरक दल र लिङ्‍ग हुनुपर्ने व्यवस्था छ । रास्वपाको प्रतिनिधि सभामा सभामुखसहित १ सय ८२ सिट रहेको छ भने श्रम संस्कृर्ति पार्टीको ७ सिट रहेको छ। उपसभामुखको निर्वाचन भोलिका लागि तोकिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.