कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरू

चैत्र २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको १५औं महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सुरू

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरू गरेको छ ।

कांग्रेसले महाधिवेशनको तयारीस्वरूप निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण प्रदान गर्न लागेको हो । यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भूमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ । 

अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेलसहितका नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा उपस्थित छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.