
काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनको लागि चैत २२ गते निर्वाचन हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको लागि मिति तोक्नुभएको हो ।
केसीले संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेलाई सभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना बिहीबार नै प्रकाशन गर्न पनि निर्देशन दिनुभएको छ । सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ ।
सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ ।