कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरू भएको छ ।

मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक बुधबार मध्याह्न सुरू भएको हो । बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५औं नियमित महाधिवेशनबारे छलफल हुनेछ । 

कांग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । बैठकमा केन्द्रीय सदस्यहरू यसबारे आफ्नो धारणा राखिरहनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.