कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको छ ।

बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । 

बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने प्रवक्ता चालिसेले बताउनुभयो ।

मंगलबारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४-२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्नुभएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.