
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने गराउँदै हुनुहुन्छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान सवा ११ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।
नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो । ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई भोलि पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
यता सांसदहरुले सपथ लिएसँगै सरकारमा सामेल हुने मन्त्रीहरुको नाम तय गर्ने गरि रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र अन्य नेताहरु परामर्शमा जुटेका छन् । रास्वपाले १५ देखि १८ मन्त्रालय राख्ने र मन्त्रीको नाम भोलि साँझसम्ममा टुंगो लगाउने तयारी गरिरहेको छ।
सांसदको शपथपछि रास्वपा केन्द्रीय समितिको बैठक बस्ने र पार्टी विधान संशोधन गरि दलको नेतामा बालेन्द्र शाहलाई चयन गर्ने रास्वपाले जनाएको छ । शुक्रबार प्रधामनन्त्रीका रुपमा बालेन्द्र शालले शपथ लिनु हुनेछ । संविधानको धारा ७६ को १ अनुसार राष्ट्रपतिले प्रधामनन्त्रीको नियुक्त गर्नुहुनेछ ।
शुक्रबार नै मन्त्रिमण्डल गठन हुने रास्वपाका एक नेताले बताए । विज्ञताको आधारमा मन्त्री बनाउने तयारी रास्वपाको छ । सचिवालयको बैठक बसेर रास्वपाले मन्त्रीको नाम टुंगो लगाउने छ । पार्टीका केही शीर्ष तहका नेता भने सरकारमा सहभागी नहुने बताइएको छ ।
रास्वपाले झण्डै दुई तिहाइ सिट जित हात पारेको छ । प्रत्यक्ष र समानुपातिक गरी १ सय ८२ सिट रास्वपाले जितेको छ ।