
सुर्खेत । जिल्लाकी १६ वर्षिया इनिशा विकको मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वलिकको कार्यालयमा बुझाइएको छ ।
बुधबार बिहान प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिनुभयाे । ‘आज अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरेका छौँ’ उहाँले भन्नुभयाे, ‘प्रतिवेदन अध्ययनपछि अदालतले अभियोजनको प्रक्रिया अगाडि बढाउँछ ।’
प्रहरीले अनुसन्धान प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरे पनि टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ । शरीरमा विष वा लागूपदार्थ छ कि छैन भनेर टक्सिकोलोजिकल र भित्रि अङ्गको जाँच गरेर मृत्युको कारण पत्ता लगाउन भिसेरा र रगत, वीर्य, डीएन जस्ता जैविक प्रमाणको विश्लेषणका लागि बायो सेरोलोजिकल चेकजाँच गर्ने गरिन्छ ।
हत्या, आत्महत्या र बलात्कार जस्ता घटनाको कारण पत्ता लगाउन टक्सिकोलोजिकल, भिसेरा र बायो सेरोलोजिकल चेकजाँग गर्ने चलन छ । पोष्टमार्टम र अन्य रिपोर्टहरूको आधारमा अध्याधिक रत्तश्रापका कारण इनिसाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि घटना अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक गरेको छैन ।
गएको फागुन २३ गते प्रेमी भनिएका १६ वर्षे नाबालकसँग वीरेन्द्रनगर–४ जनजागरण सामुदायीक बनमा अचेत अवस्थामा भेटिएकी थिइन् । घटनालगत्तै प्रहरीले र आफन्तले अस्पताल पुर्याएलगत्तै चिकित्सकले इनिशालाई मृत घोषणा गरेका थिए ।
त्यसयता परिवारजनले इनिशाको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै चार जना नाबालकविरूद्ध किनाटी दिएका छन् । प्रेमी भनिएका नाबालकलाई घटनास्थलबाट नै प्रक्राउ गरेको प्रहरीले फागुन २३ गते थप चार जना नाबालकलाई समेत प्रक्राउ गरी सकेको छ ।