हतार र हतास मनस्थितिमा आएर आफूले राजीनामा नदिएको गगन थापाकाे भनाइ

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
हतार र हतास मनस्थितिमा आएर आफूले राजीनामा नदिएको गगन थापाकाे भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतार र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पार्नुभयो । 

उहाँले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भए पनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताउनुभयो । उहाँले आफू कुनै पनि दबाबमा आएर नभइ जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरूले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ । म तत्कालै राजीनामा दिन चाहन्थेद्द । निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो । यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहीताको विषय हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो ।’

उहाँले कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.