
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुनुहुने भएको छ ।
बैठकमा थापाले निर्वाचन परिणाम, आफ्नो राजीनामाको पृष्ठभूमिलगायतका विषयमा धारणा राख्नुहुनेछ । यस्तै पार्टीले अवलम्बन गर्नुपर्ने राजनीतिक र सांगठनिक कार्यदिशाबारे पनि उहाँले धारणा राख्नुहुने भएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै आजका लागि पुनः बैठक बोलाइएको हो । योसँगै कांग्रेस नियमित महाधिवेशनको तयारीमा पनि जुटेको छ । थापाको सभापतित्वमा बस्ने आजको बैठकमा महाधिवेशन प्रक्रिया र तयारीबारे छलफल गर्ने कार्यतालिका छ । नेताहरूले आगामी भदौमा १५औँ महाधिवेशन गर्ने गरी तालिकामाथि छलफल हुने बताएका छन् ।