
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ ।
पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा पनि मंगलबारको बैठकमा सहभागी हुने नेताहरूले बताएका छन् । बैठकमा कांग्रेसको नियमित महाधिवेशनको कार्यतालिबारे छलफल गर्ने तयारी छ । नेताहरूले आगामी भदौमा १५ औं महाधिवेशन गर्ने गरी तालिकामाथि छलफल हुने बताएका छन् ।