जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने बताउनु भयो । 

घटनाको सत्य अन्वेषण र न्याय निरूपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ । उहाँले राज्यशक्तिको दुरूपयोग र हिंसा मच्चाउनेमाथि कारबाही नगरिए मुलुकले फेरि उही नियतिको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.