डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक आदर्श–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुंगेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश-०१–००१च ३९२३ नम्बरको जीप घुम्तीमा अनियन्त्रित भई गए राति १२ बजे दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.