कांग्रेसकाे समीक्षा : लोकप्रियतावाद र ‘एल्गोरिदम राजनीति’ नबुझ्दा लज्जास्पद हार

Nepali Congressको आत्मस्वीकार:
चैत्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसकाे समीक्षा : लोकप्रियतावाद र ‘एल्गोरिदम राजनीति’ नबुझ्दा लज्जास्पद हार

काठमाडौं । नेपाल कांग्रेसले लोकप्रियतावादको लहर नबुझ्नु, परिवर्तनको सन्देश मतदाताको मन-मस्तिष्कसम्म पुर्‍याउन नसक्नु र उम्मेदवार नबनेका नेताहरूको गम्भीर अहसयोगका कारण लज्जास्पद पराजय व्यहोरेको समीक्षा निकालेको छ । 

प्रतिनिधिसभाको निर्वाचनको मतपरिणामपछि पहिलो पल्ट बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले एल्गोरिदमले मतदाताको दिमाग, व्यवहार र निर्णय कब्जा गरेको निष्कर्ष निकालेको हो । परम्परागत प्रचार शैलीबाट आधुनिक बन्ने क्रममा एल्गोरिदमको कैदबाट मुक्त गराएर नेपाली मतदातालाई छोटो समयमा स्वतन्त्र विवेकको खुला मैदानमा ल्याउन नसक्नु हारको कारणका रूपमा नेपाली कांग्रेसले व्याख्या गरेको छ । 

त्यस्तै विश्वव्यापी रूपमै बढेको यथार्थ आत्मसात गर्दै त्यसको चपेटामा नेपाल पर्नसक्छ भन्ने अनुमान गरेर पनि त्यसलाई गम्भीर रूपमा लिन नसक्नु हाम्रो सबैभन्दा ठूलो गल्ती रहेको कांग्रेसको स्विकारोक्ति छ । भ्रष्टाचार, ढिलासुस्तीलगायतका नकारात्मक चित्रले देशमा भएका सबै सकारात्मक विषय ओझेलमा परेको र ‘३५ वर्षमा देशमा केही भएन’ भन्ने भाष्य चिर्न नसक्नुलाई समेत हारको कारण ठम्याइएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा भएको अप्रत्यासित हारबारे २७ बुँदे कारणसहितको समीक्षा प्रतिवेदन केन्द्रीय समिति बैठकमा पेस गर्नु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.