
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सुरू भएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया सुरू भएको हो । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए ।
राष्ट्रिय सभामा कांग्रेस अब २५ सांसदसहित सबैभन्दा ठूलो पार्टी बनेको छ ।