उम्मेदवारका एजेण्डाप्रति मतदाताका अपेक्षा के ?

फाल्गुन १४, २०८२ |विकास आचार्य
उम्मेदवारका एजेण्डाप्रति मतदाताका अपेक्षा के ?

काठमाडौै । जेन - जी आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको निर्वाचनमा ३५ वर्षमुनिका पाँच सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। जेन - जीको माग र भावना बोक्ने भन्दै दलहरुले पनि युवा उम्मेदवारलाई प्राथमिकतामा राखेका छन्। तर सर्वेक्षण भन्छ - ३५ मुनिका उम्मेदवारप्रति थोरै मात्र मतदाताको रुचि देखिन्छ। कान्तिपुर मिडिया ग्रुप र सेयरकास्ट इनिसिएटिभ नेपालको सहकार्यमा भएको मत सर्वेक्षणले ११ . २ प्रतिशत उत्तरदाताले यो उमेर समूहका उम्मेदवारप्रति रुचि देखाएको पाइएको छ । पुस्तान्तरणको मागमा सहमत हुँदाहुँदै पनि युवा उम्मेदवारप्रति किन आकर्षित भएनन् त मतदाता ? 

यहि प्रश्न हामीले रक्षा बम, आयुस बस्याल, प्रदीप ज्ञवाली, तनुजा पाण्डे जस्ता प्रतिनिधि जेन - जी अगुवाहरुलाई पनि सोध्यौै । हामीले गरेकै सर्वेक्षणअनुसार २८ प्रतिशत मतदाताले उम्मेदवारको व्यक्तित्व हेरेर मत हाल्ने भनेका छन्। २४. ४ प्रतिशतले पूर्वाधारका एजेन्डा र १२ . ४ प्रतिशतले दल वा उम्मेदवारको दूरदृष्टिका आधारमा भोट हाल्ने मत जाहेर गरेका छन्। आन्दोलनमा सहभागि जेन-जी अभियन्ता पनि उम्मेदवारको व्यक्तित्व र उम्मेदवारले लिने एजेन्डालाई प्राथमिकता दिने बताउँछन्।

फागुन २१ को चुनावबाट जेन-जीले आन्दोलन संस्थागत हुनुका साथै सुशासन, विकास र राजनीतिक स्थिरताको अपेक्षा गरेका छन्। यता हाम्रो सर्वेक्षणमा सहभागी अधिकांशले पूर्वाधार विकासको अपेक्षा गरेका छन्। आर्थिक सुधार गर्न सक्ने, इमान्दार र भ्रष्टाचारविरोधी उम्मेदवारको खोजी धेरैले गरेका छन्।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।