
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम)ले देश नबन्ने दाबी गर्नुभएको छ ।
काठमाडौंमा बुधबार आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरू स्पष्ट वैचारिक र आर्थिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो । तिमल्सिनाले नेपाली कांग्रेसले युवाहरूलाई अवसर दिएको र आफू केवल ‘शक्ति’ प्राप्तिका लागि मात्र नभइ साझा भविष्यको सपना निर्माणका लागि आएको स्पष्ट पार्नुभयो ।
तिमल्सिनाले गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहर"को विचार र कांग्रेसको लिगेसीले आफूलाई यो आँट दिएको बताउनु भयो । बौद्धिक समुदायलाई मौन नबस्न आग्रह गर्दै उहाँले अहिले सोसल मिडियामा गाली आउँछ भनेर नेतृत्वहरू डराउनु नहुने उहाँले बताउनु भयो ।
काठमाडौं क्षेत्र नं ४ ले विगतमा देशकै अब्बल नीति निर्माता दिएको चर्चा गर्दै उहाँले अब आफू दुई नम्बरको अब्बल सांसद बनेर देखाउने उहाँले बताउनु भयो ।