
कास्की । फागुन २१ को चुनावी अभियानका क्रममा पोखार पुग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो न्याय माग्न लागि नभइ देशको भविष्यका लागि हिँडेको बताउनुभएको छ ।
सडक मार्ग हुँदै पोखरा पुग्नु भएका लामिछाने करिब ६ घण्टा चुनावी प्रचारमा पोखरामा रहनुभयो । पृथ्वीचोकको सभालाई सम्बोधन गर्दै उहाँले आफुालाई थुनेर केहि फरक नपर्ने तर देशको भविष्य थुनिएकाले लड्न हिँडेको बताउनुभएको हो ।
सभापति लामिछानेले सुकुम्बासीको घर भत्काउने नभई समस्या भत्काउनु पर्ने बताउनुभयो । बहुमतको सरकार ल्याएर सुकुम्बासी समस्या समाधान गरिने उहााको भनाई छ ।
एक दिनका लागि पोखरा पुगेका लामिछानेले विन्ध्यवासिनी मन्दिरमा दर्शन समेत गर्नुभयो ।