कार्की आयोगको प्रतिवेदन कुकर्म र भद्दा नाटक : ओली

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कार्की आयोगको प्रतिवेदन कुकर्म र भद्दा नाटक : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई ‘कुकर्म’ र ‘भद्दा नाटक’ को संज्ञा दिनुभएको छ । उहाँले फौजदारी अपराध दण्डसंहिता २०७४ को दफा १८१ र १८२ अनुसार आफूमाथि छानबिन गर्न गरिएको सिफारिसलाई कानुनी रूपमा ‘निराधार’ र ‘अस्वीकार्य’ भएको बताउनुभएको हो । 

ओलीले कानुनी तर्क प्रस्तुत गर्दै दफा १८१ र १८२ आकर्षित हुनका लागि सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित हुनुपर्ने र घटना प्रत्यक्ष रूपमा उसैबाट गराइएको हुनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र गोली पनि नचलाउने भन्दै आयोगका पदाधिकारीहरू पहिले नै एमालेविरुद्ध विषाक्त धारणा राख्ने व्यक्तिहरू भएकोले यस्तो प्रतिवेदन आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि नभेटेपछि बलजफती लगेर ती दफाहरू ठुँसेको छ त्यहाँ । यो चल्नै नसक्ने कुरा हो । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो ।”

यो सिफारिसलाई उहाँले बदनाम गर्ने र चरित्र हत्या गर्ने ‘घृणाको राजनीतिको अर्को प्रकटीकरण’ का रूपमा व्याख्या गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.