‘अभूतपूर्व धक्का’ खायौँ तर हामी बिग्रेका छैनौँ : अध्यक्ष ओली

चैत्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘अभूतपूर्व धक्का’ खायौँ तर हामी बिग्रेका छैनौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वैचारिक रूपमा विचलित नभएको दाबी गर्नुभएको छ । यसपटक निर्वाचनमा पार्टीले ‘अभूतपूर्व धक्का’ खाएको स्वीकार गर्दै उहाँले यो धक्का पार्टीको नीति वा विचारका कारण नभई सांगठनिक कमजोरी र घेराबन्दीका कारण भएको बताउनुभयो ।

पार्टीका सांसदहरूसँगको छलफलका क्रममा बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोल्दै उहाँले ‘सच्चिनुपर्छ’ भनी आउने दबाबको पनि खण्डन गर्नुभयो । “हामीले यतिबेला एउटा अभूतपूर्व धक्का खाएका छौं । यो धक्का हाम्रो नालायकीपनले हाम्रा कामले हाम्रा भुलत्रुटीले होइन । एउटा चलाएको छ सच्चिनुपर्छ भन्ने । कसैले मलाई केही बताइदिन सक्या छैन अहिलेसम्म भने कहाँनेरी के सच्चिनु पर्ने हो ? सच्चिनु पर्ने भनेको के ? अझ अराजकता बनाउनु पर्ने कि पार्टीलाई विचारहीन बनाउनु पर्ने कि पार्टीलाई के गर्नुपर्ने सच्चिने भनेको ? त्यसकारण हामी बिग्रेका छैनौँ ।”

उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प दोहोर्‍याउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.