रूपन्देहीमा लामिछानेको १२ घन्टे चुनावी यात्रा

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूपन्देहीमा लामिछानेको १२ घन्टे चुनावी यात्रा

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका सभापति रवि लामिछानेले सोमबार रूपन्देहीका विभिन्न स्थानमा चुनावी कार्यक्रम गर्नुभएको छ ।

बिहान ८ बजे निर्वाचन क्षेत्र नं. १ को खैरहनीबाट सुरू भएको लामिछानेको 'जनसम्पर्क तथा अभिवादन' कार्यक्रम साँझ क्षेत्र नं. ५ को मायादेवी मन्दिरमा पुगेर समापन भएको हो । १२ घन्टामा सभापति लामिछानेले दुई दर्जनभन्दा बढी स्थानका कार्यक्रममा सरिक हुनुभएको छ । 

कोणसभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नो पार्टीका उम्मेदवारहरू सक्षम र योग्य रहेको दाबी गर्दै मत माग्नुभयो । निर्वाचन आचारसंहितामा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा वा कोणसभा गर्न पाइने प्रावधान छ । तर, रास्वपा सभापति लामिछानेले सो अवधि सुरु हुनुअगावै रूपन्देहीमा कोणसभा गरी मत माग्नुभएको छ । 

यसैबीच निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृकाप्रसाद आचार्यले यस विषयमा अनुगमन गर्ने बताउनुभएको छ । सबै ठाउँमा एकैपटक निगरानी गर्न कठिन भए पनि सूचना प्राप्त हुनासाथ सचेत गराउने जानकारी उहाँले दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.