सांसद भुसालको बिदाइ सम्बोधन– राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनोस्

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांसद भुसालको बिदाइ सम्बोधन– राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनोस्

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद डा. वेदुराम भुसालले भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सभालाई सुभाव दिनुभएको छ ।

सभाको सोमबारको बैठकमा बिदाइ सम्बोधन गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँजस्तो नभइ छुट्टै पहिचानसहित प्रभुत्वशाली सभाका रूपमा स्थापित हुनुपर्नेमा उहाँको जोड छ । सभाले संवैधानिक भूमिका र जिम्मेवारीअनुसार स्वतन्त्र तथा प्रभावकारी रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सभाले अहिलेसम्म प्राप्त गरेका असल परम्परा र मानकहरुलाई अगामी दिनमा पनि कायमै राखोस् र अरू थप असल परम्परा र मानकहरू स्थापित गर्दै जाओस् । यो सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनि छुट्टै पहिचानसहितको प्रभुत्व सभाको रूपमा काम गर्ने सभा बनिरहोस् भन्ने सुझाव दिन चाहन्छु ।’

उहाँले सभामा कार्यकाल अवधिभर आफूले मुलुक र जनताका समस्याहरू जोडदार साथ उठाउन सफल भएको दाबी पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.