नेपाल पुलिस क्लब प्रथम पृथ्वीनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा

माघ २६, २०८२ |खेल ब्युरो
नेपाल पुलिस क्लब प्रथम पृथ्वीनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा

गोरखा । प्लानिङ ब्वाईज युनाइटेडलाई हराउँदै नेपाल पुलिस क्लब प्रथम पृथ्वीनारायण गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

गोरखाको छेवेटार मैदानमा साेमबार भएको खेलमा नेपाल पुलिस क्लब २-० गोलअन्तरले विजयी भएको हो । नेपाल पुलिस क्लबको तर्फबाट पहिलो हाफको १५औँ मिनेटमा विकास विक र दोस्रो हाफको ७२औँ मिनेटमा आशिष थारूले गोल गरे। 

विक म्यान अफ द म्याचसमेत घोषित भए । शनिबारदेखि सुरु भएको प्रतियोगितामा यसअघि नै आयोजकसहित तीन टोली सेमिफाइनल पुगिसकेका छन् । जिल्लाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको उपाधि जित्ने टिमले ८ लाखसहित ट्रफी र उपविजेता टिमले ४ लाख पुरस्कार हात पार्नेछ ।

फागुन २ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।