
काठमाडौै । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गृहमन्त्री अर्यालले कुनै पनि व्यवसाय, उद्योग र लगानीको सुरक्षा गर्ने राज्यको प्राथमिक जिम्मेवारी भएको उल्लेख गर्दै त्यसलाई पूरा गरेरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँजे जेन–जी आन्दोलनपछि पनि निजी क्षेत्रले प्रतिकूल परिस्थितिमा पनि हौसलाका साथ काम गरेकाले मुलुकको अर्थतन्त्र पुन गतिशील बन्दै गएको समेत बताउनु भयो । गृहमन्त्री अर्यालले निजी क्षेत्रसँग राज्यले विश्वासको पुल निर्माण नगरी मुलुकको आर्थिक अवस्थामा सुधार नआउने पनि स्पष्ट पार्नुभयो । गृहमन्त्री अर्यालले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले आवश्यक पहलकदमी लिईरहेको दावी समेत गर्नुभयो ।