
विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकहरूको आह्वानलाई सम्बोधन गरेर गाउँ-गाउँ र कार्यकर्ता माझ जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
विराटनगरमा भएको कांग्रेसको कोशी प्रदेशस्तरीय कार्यकता भेटघाट तथा अन्तरक्रियामा बोल्दै उहाँले कुशासन, भ्रष्टाचार अन्त्य गरी सुशासनयुक्त नेपाल निर्माण गरी सबै युवाहरूले अवसर प्राप्त गर्छु भन्ने भरोसा दिलाउने गरी कार्यकर्ता माझ जान आग्रह गर्नुभएको हो ।
उहाँले कांग्रेसले देशलाई अर्को द्वन्द्वमा पर्न नदिने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले २०८२ साल फागुन २१ पछिको पाँच वर्ष भ्रष्टाचारविरुद्धको महाअभियान सुरु हुने पनि स्पष्ट पार्नुभयो ।