भदौ २३ र २४ को घटनालाई इन्कार वा लाभ लिने प्रवृत्ति अन्त्य गर्नुपर्छ : गगन थापा

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भदौ २३ र २४ को घटनालाई इन्कार वा लाभ लिने प्रवृत्ति अन्त्य गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २३ र २४ गतेका घटनालाई इन्कार वा त्यसबाट राजनीतिक लाभ लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने बाटो अपनाएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभयो। घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै उहाँले काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताउनुभयो। नयाँ काँग्रेस’ ले अब सिद्धान्तसँग सम्झौता नगरी सरकार पनि नचाहने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने, संस्थाहरूलाई पवित्र बनाउने र राष्ट्रिय स्वार्थमा आधारित ‘मिलाउने तथा सम्हाल्ने’ शक्तिको रूपमा उभिने प्रतिवद्धता जनाउनु भयो ।

सभापति थापाले संस्थाहरूको दलीयकरण रोक्ने, अख्तियार, अदालत तथा अड्डालाई पवित्र बनाउने र भागबन्डा नगर्ने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध माथिदेखि तलसम्म महाअभियान चलाउने पनि बताउनु भयो । यसैबीच काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै काँग्रेस उम्मेदवार महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दावी गर्नु भयो । नेपाली काँग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत उहाँले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.