
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा फागुन २१ गतेको निर्वाचन र समसामयिक विषयमा छलफल भएको थियो ।
भेटवार्ता झण्डै दुई घण्टा चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा एमाले अध्यक्ष ओलीले आसन्न निर्वाचन निष्पक्ष र भयरहित बनाउनुपर्ने विषय उठाउनुभएको थियो भने प्रधानमन्त्री कार्कीले निष्पक्षता र सुरक्षामा कुनै कमजोरी नहुने प्रष्ट पार्नुभएको बताइएको छ ।