अनुदान प्राप्तिको लक्ष्य कमजोर, विकासका कार्यक्रम कटौती गर्ने तयारीमा सरकार

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
अनुदान प्राप्तिको लक्ष्य कमजोर, विकासका कार्यक्रम कटौती गर्ने तयारीमा सरकार

काठमाडौं । बजेटले लिएको वैदेशिक अनुदान प्राप्तिको लक्ष्य निकै कमजोर देखिएपछि सरकारले विकास र प्रवर्द्धनात्मक कार्यक्रम नै कटौती गर्ने भएको छ ।

अर्थ मन्त्रालयले यही माघ अन्तिम साता बजेटको अर्धवाषिर्क समीक्षामार्फत् अनिवार्य दायित्वबाहेकका विकास र प्रवर्द्धनात्मक कार्यक्रम कटौती गर्न लागेको हो । चालु वर्षमा सरकारले ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्तिको लक्ष्य राखेकोमा अहिलेसम्म ७ अर्ब १७ करोड रुपैयाँमात्र प्राप्त भएको छ । यो वाषिर्क लक्ष्यको १३ प्रतिशतमात्र हो । अनुदान प्राप्ति गत वर्षभन्दा पनि कमजोर देखिएको छ । गत आर्थिक वर्षमा ५२ अर्ब ३३ करोडको लक्ष्य लिएकोमा पुसमसान्त सम्म ७ अर्ब ७२ करोड प्राप्ति भएको थियो । यता, वैदेशिक ऋण प्राप्ति भने बढेको छ । चालु आवमा २ खर्ब ३३ अर्ब वैदेशिक ऋण प्राप्तिको लक्ष्य रहेकोमा अहिलेसम्म ५४ अर्ब रुपैयाा प्राप्ति भएको छ । यो वाषिर्क लक्ष्यको २३ प्रतिशत हो । अनुदान घट्दो र ऋण बढ्ने क्रम देखिएको हो ।

चालु आर्थिक वर्षमा सरकारले वैदेशिक अनुदान र ऋण गरि २ खर्ब ८७ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । अनुदान र ऋणको समग्र प्राप्ति प्रतिशत २१ रहेको छ । देशको कुल ऋण २८ खर्ब ६ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ अर्ब ७४ अर्ब रहेको अहिले बढेर २८ खर्ब पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.