जुम्लामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लामा मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र

जुम्ला । आसन्न निर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा समितिले जुम्लाका सबै मतदानस्थल र मतदान केन्द्रको अनुगमन तीव्र बनाएको छ । मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा चुनौतिदेखि मतपेटीका व्यवस्थापन र मतदाताको सुरक्षालगायतका विषयमा जानकारी लिन अनुगमन तीव्र बनाइएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिादै जाादा गाउामा चुनावी चहलपहल बढिरहेको छ । कामको शिलसिलामा घर छाडेकाहरु र्फकन थालेका छन् । उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगेका छन् । यही अवस्थामा जिल्ला सुरक्षा समिति प्रत्येक मतदान केन्द्र र मतदानस्थलको अनुगमन गरेर जोखिमको विश्लेषण गरिरहेको छ । मतदाता सुरक्षित रुपमा मतदान गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।

भौगोलिक विकटता, सूचना सञ्चारको पहुाच, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुाच, खानेपानी र बिजुली व्यवस्थापनलगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरणसमेत गरिएको छ । यही वर्गीकरणका आधारमा मतदानस्थल र केन्द्रमा देखिएका समस्या सम्बोधनका लागि स्थानीय सरकारसाग समन्वय भइरहेको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । मतदानस्थलमा ५२ अति संवेदनशील, १८ संवेदनशील र १५ सामान्य छन् । ६४ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य सूचीमा छन् । निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मी परिचालन तथा अन्य तयारी तीव्र पारिएको छ ।

जुम्लामा ७१ हजार ७३९ जना मतदाता रहेका छज् । जसमा ३४ हजार २८० महिला र ३७ हजार ४५९ जना पुरुष मतदाता रहेका छन् । तर मौसम चिसो भएकाले हिमाली क्षेत्रका मतदातालाई समस्या छ । राज्यले सबै मतदातालाई जिल्ला भित्रिने वातातरण बनाउनुपर्ने चुनौतीपूर्ण छ

जुम्लामा १० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु यतिबेला आफ्ना एजेण्डा र प्रतिवद्धतापत्रसहित घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भने भयरहित वातावरणमा चुनाव गर्नुपर्ने र आफ्नो मताधिकारको सही प्रयोग गर्न उत्साहित बनाउनुपर्नेमा जोड दिइरहेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.