मधेशमा उज्यालो नेपालको घरदैलो अभियान सुरु

माघ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशमा उज्यालो नेपालको घरदैलो अभियान सुरु

जनकपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा स्थापित भएको दाबी गर्नुभएको छ । 

पार्टीले जनकपुरमा सञ्चालन गरेको 'जनताको घरैदैलो' कार्यक्रममा सहभागी हुने क्रममा घिसिङले देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै आफ्नो पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गर्नुभयो । उहाँले निर्वाचनपछि प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने पनि उल्लेख गर्नुभयो । उज्यालो नेपाल पार्टी जेन-जी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको र जेन-जी आन्दोलनको भावना र माग बोकेको बताउनुभयो । 

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान शुरु गरेको छ ।  प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.