म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ- पुष्पकमल दाहाल

माघ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ- पुष्पकमल दाहाल

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहालले खलनायक बनेर इतिहासको पानाबाट आफू हराउन नचाहेको बताउनुभएको छ । 

आइतबार भिडियो सन्देश जारी गर्दै दाहालले यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले आफू अरु पुराना नेताहरूजस्तो सत्ताको भागबन्डामा सहभागी नहुने पनि बताउनुभयो । 

दाहालले परिवारका सदस्य मात्र नभइ हजारौँ सहयोद्धा र सहयात्रीलाई पनि गुमाएको उल्लेख गर्दै व्यक्तिगत त्याग र संघर्षको भावना आफ्नो खुला किताबजस्तै भएको जिकिर गर्नुभयो । परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने पनि उहाँले उल्लेख गर्नुभयो । 

अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शीता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि दाहालको भनाइ छ । आफू नयाँ विचारहरूका लागि सधैं खुल्ला रहेको पनि उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.