
दाङ । आठौं घोराही मेयर रनिङ कप २०८२ को उपाधि घोराही १३ ले जितेको छ ।
घोराही १८ नवलपुर खेलमैदानमा ५ हजार बढी दर्शकका माझ शुक्रबार भएको फाइनलमा घोराही-१३ लाई १-० गोल अन्तरले पराजित गर्दै घोराही १३ ले उपाधि जितेको हो ।
खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले घोराही उपमहानगरपालिकाले पछिल्लो ८ वर्षदेखि मेयर कप फुटबल गर्दै आएको छ ।