
विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी इलिट कप’ लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार मोरङ र झापा खेल्ने भएका छन् ।
मोरङ २ खेल जित्दै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । झापा २ खेलमध्ये १ मा जित १ मा हार्दै २ अंकका साथ तालिकाको दोस्रो स्थान हुँदै फाइनल प्रवेश गरेको हो ।
कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिता आयोजना गरेको हो ।