यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे पहिलो दिन दुई खेल हुने

माघ १६, २०८२ |खेल ब्युरो
यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे पहिलो दिन दुई खेल हुने

पोखरा । शनिबारदेखि सुरू हुने यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे पहिलो दिन दुई खेल हुने भएको छ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल बंगलादेश र भुटान र दोस्रो खेल नेपाल र भारतबीच हुनेछ । प्रतियोगिताका लागि चारवटै टिम बिहिबार पोखरा आइसकेका छन् । 

चारै टिमका कप्तान एवं प्रशिक्षकहरूले प्रतियोगितालाई अनुभव बटुल्ने अवसरको रूपमा लिएको बताएका छन् ।