रौतहटका उम्मेदवार मतदाता भेट्न घरदैलोमा

माघ १२, २०८२ |राजेश्वर पाण्डे
रौतहटका उम्मेदवार मतदाता भेट्न घरदैलोमा

रौतहट । फाल्गुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । मनोनयन सम्पन्न भएपछि उम्मेदवारहरु मतदातालाई भेट्न सुरु गरेसंगै चुनाबी सरगर्मी बढेको छ । चार निर्वाचन क्षेत्र रहेको रौतहटमा एक सय ४२ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

माघ ६ गतेको मनोनयन पत्र दर्ता भएसंगै रौतहटमा चुनाबी माहौल सुरु भएको हो । केही पुराना तथा नयाँ उम्मेदवारले मनोनयन पत्र दर्ता सम्पन गरेसंगै निर्वाचनको सरगर्मी बढेको छ । उम्मेदवारहरु भने अहिले मतदाता भेटघाट तथा प्रचार प्रसारमा व्यस्त देखिएका छन् ।

रौतहटमा पूर्वप्रधानमन्त्रीदेखि संचारकर्मीसम्मको उम्मेदवारीले निर्वाचनको बहस बढ्दै गएको हो । अधिकांश निर्वाचन क्षेत्रमा पुरानै अनुहारको प्रतिष्पर्धा देखिए पनि नयाँ अनुहारको उम्मेदवारीले चुनावी चर्चा बढाएको छ ।

नयाँ र पुराना दुवै दलहरूले घरदैलो र रणनीतिक भेटघाटलाई तिब्र पारेका छन् । गाउँदेखि शहर र सामाजिक सञ्जालमा समेत चुनावी बहस बढिरहेको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटको अनुसार जिल्लामा अहिले चार लाख ३६ हजार ६११ मतदाता रहेका छन् । 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार ४५५ मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहटमा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।