
अर्घाखाँची । २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको मतदानका लागि अहिले अर्घाखाँचीमा धमाधम मतदान स्थलहरू निर्माण भइरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले मतगणनास्थलको तयारी पनि तीव्र रूपमा अगाडि बढाएको छ। २४ घन्टाभित्र मतगणनाको परिणाम सार्वजनिक गर्नेगरी तयारी अघि बढाएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको अर्घाखाँचीमा दुई ठाउँमा मतगणना गर्ने र मतदान स्थलमा तारबार गर्ने, क्यामरा जडान, लाईटको व्यवस्थापन, बस्नको लागि फर्म, मतगणना कर्मचारीलाई तालिमलगायतका सबै प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्ध प्रकाश पौडेलको भनाइ छ।