नेपाली कम्युनिष्ट पार्टीलाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन् : माधव नेपाल

माघ ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कम्युनिष्ट पार्टीलाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन् : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रूचाएको बताउनु भयो ।

सहसंयोजक नेपालले जेन-जी पुस्ताको भावनाअनुसार आफूहरू अघि बढिरहेको पनि दाबी गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.