
काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ । सभापति लामिछानेले महाकांलबाट र शाहले सिनामंगलबाट मतदान गर्नुभएको हो ।
आज बिहान महांकालस्थित मतदान केन्द्रमा मतदान गरेपछि सन्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले शान्तिपूर्ण रुपमा मतदान गर्न देशबासीलाई आह्वान गर्नुभयो । उहाँले हरेक मतदाताले आफ्नो अकधकार प्रयोग गर्ने अवसर पनि भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान बिहान ७ बजेबाट सुरु भएको हो । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिनु भयो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबैतिर निर्वाध ढंगले मतदान सुरु भएको खबर प्राप्त भएको जानकारी दिनभयो । मतदाताहरुले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ ।
मतदानका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ । अपांगता भएका, अशक्त, ज्य्ष्ठ नागरिक, बिरामी, सुत्केरी, गर्भवतीलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा हुनेछ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।