रेशमलाल चौधरीको उम्मेदवारी खारेज

माघ ८, २०८२ |अञ्जना लामिछाने
रेशमलाल चौधरीको उम्मेदवारी खारेज

काठमाडौै । फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका लागि कैलाली १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएका चौधरीविरुद्द निर्वाचन अधिकृतको कार्यालयमा हिजो उजुरी परेको थियो । निर्वाचन कार्यालयले आज उजुरीमाथि जाँचबुझ गरेर उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

२०७२ सालमा टिकापुरमा ८ जना प्रहरी र एक नावालकको हत्या भएको अभियोगमा चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो । तर उहाँले २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाउनुभएको थियो । प्रचलित कानुन अनुसार उहाँको उम्मेदवारी कायम रहन सक्ने अवस्था नरहेको भन्दै खारेज गरिएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

चौधरीको यसअघि २०७९ मा भएको निर्वाचनमा पनि बर्दिया २ बाट मनोनयन दर्ता गर्नुभएको थियो । त्यतिबेला पनि उम्मेदवार बन्न अयोग्य भन्दै आयोगले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।