
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ।
उहाँका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ।
केही समयदेखि अस्वस्थ रहेका कारण उहाँको अस्पतालमा उपचार चलिरहेको थियो । उहाँको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिएको छ ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। दिवंगत ओलीका दुई छोरा र तीन छोरी छन्।