नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ ।

निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिबार नयाँ बानेश्वरमा बैठक बसिरहेको हो । यो बैठक विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो । 

बैठकमा पार्टीको संगठनात्मक सुधार, आगामी निर्वाचन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको थियो । 

यसअघि शेरबहादुर देउवा पक्षले पनि छुट्टै बैठकहरू आयोजना गरेको थियो । तर, निर्वाचन आयोगको निर्णयसँगै थापा पक्ष नै आधिकारिक नेपाली कांग्रेस बनेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.