अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।

शनिबार काठमाडौंमा बसेको पार्टीको नव-निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो । उहाँले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्यांकन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । 

त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताहरू बाटआगामी दिनमा पनि अभिभावकीय भुमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ । बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताउनु भयो ।

बैठकले मुलुकलाई समृद्ध बनाउने नेतृत्व आफूहरूले गर्ने भन्दै साथ दिन पनि सबैमा अपील गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.