झापा–५ श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ, बालेन र ओली दुवैलाई हराउने अध्यक्ष हर्कको दाबी

माघ ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
झापा–५ श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ, बालेन र ओली दुवैलाई हराउने अध्यक्ष हर्कको दाबी

सुनसरी । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पार्टीका सहमहासचिव समीर तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली लड्दै आएको यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता काठमाडौंका प्रमुख बालेन्द्र शाह पनि उम्मेदवार बन्दैहुनुहुन्छ । यस्तोमा दुवैलाई हराउने गरी श्रम संस्कृति पार्टीले तामाङलाई उम्मेदवार बनाएको अध्यक्ष हर्क साम्पाङले बताउनुभयो ।

‘म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समीर तामाङ काफी छन्,' साम्पाङले भन्नुभयो, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म आफैं झापा ५ गएर माटोका लागि मत माग्नेछु ।'

उहाँले आफूले गएर एकपटक भाषणगरेलगत्तै माहौल आफूहरूको पक्षमा बन्नेसमेत दाबी गर्नुभयो । विगतमा पनि आफूले धरानमाएक्लै चुनाव प्रचारमा निस्किएर जितेको पृष्ठभूमि भएको भन्दै उहाँले भन्नुभयो, ‘झापा–५ मा पनि हाम्रै जित हुने हो ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.