गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता, देउवा पक्षधर असन्तुष्ट

विशेष महाधिवेशनले चुनेको नेतृत्वको पार्टीगत विवरण भयो अद्यावधिक
माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता, देउवा पक्षधर असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले नाराबाजीदेखि निवेदन दिनेसम्मका काम गरिरहेकै बेला निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट बनेको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । 

आयोगको निर्णयसँगै नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्व आधिकारिक भएको छ । अब पार्टी नयाँ कांग्रेस पुस्ताको हातमा पुगेको छ । पार्टीको चुनाव चिन्ह रूख र चारतारे झन्डासहित आधिकारिक कांग्रेस गगन थापा नेतृत्वको बनेको छ ।आयोगले थापा पक्षलाई वैध ठहर्याएपछि शेरबहादुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्ष अब पार्टीविहीन बनेको छ ।

चुनावका लागि आयोगले अब देउवा पक्षलाई दलको नाम र चुनाव चिन्ह रोज्न समय दिनेछ । अहिले निर्वाचन आयोग परिसरमा तनावको वातावरण बनेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.