निर्वाचनको मिति तलमाथि हुँदैन : सरकारका प्रवक्ता खरेल

माघ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनको मिति तलमाथि हुँदैन : सरकारका प्रवक्ता खरेल

काठमाडौं । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने बताएको छ ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले फागुन २१ मा निर्वाचनको मिति तोकिसकिएकाले मिति तलमाथि नहुने बताउनु भयो । सरकार फागुन २१ मा निर्वाचन गराउन गम्भिरताका साथ लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ । त्यो भन्दा यताउति हुँदैन । बाँकी निर्वाचन गराउने दायित्व सरकार, सरोकारवाला निकायको सबै हो । निर्वाचन आयोगको निर्णय हामी पर्खिनेछौँ ।’ उहाँले निर्वाचन गराउने दायित्व सरकारको मात्रै नभइ सबै सरोकारवाला निकायको भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.